२०८३ मंसिर १४ , आइतवार

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्यो

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ थियो । चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँ बढेको छ । गत बुधवार सुनको मूल्य २ लाख ४१ हजार ४ सय मा झरेको थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदी आज ३२१५ रुपैयाँ पुगेको छ ।