२०८३ मंसिर १३ , शनिवार

२४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही

1795750306-diGAR

सुनाखरी न्युज/ काठमाडौं । 

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे)  सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १६, अवस्था ठिक नभएको २६ र अन्यमा ५५५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।