२०८३ मंसिर १२ , शुक्रवार

होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा थाल बजाएर विरोध प्रदर्शन

2078214124holding-centre-child

सुनाखरी न्युज/ काठमाडौं ।

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूले सरकारविरुद्ध रित्तो थाल बजाउँदै प्रदर्शन गरेका छन् ।
सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थालसहित विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन’ भन्दै हातमा प्लेकार्ड बोकेर सरकारको कदमविरुद्ध नाराबाजी गरेका छन् ।

सरकारले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीलाई आज दिउँसो २ बजेसम्म त्यहाँबाट हट्न समयसीमा तोकेको छ ।
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाइएपछि विस्थापित सुकुमबासी परिवारलाई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएको थियो ।