२०८३ मंसिर १२ , शुक्रवार

काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ चालक ट्राफिक कारबाहीमा

1795750306-diGAR

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालकलाई कारबाही गरेको छ। मंसिर ११ गते बिहान ६ बजेसम्मको तथ्याङ्कअनुसार विभिन्न कसुरमा ती चालकहरू कारबाहीमा परेका हुन्।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने ११७ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गरेको पाइएका ४७ जना र ट्राफिक बत्तीको पालना नगर्ने ३९ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ३४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना र लेन अनुशासन उल्लङ्घन गर्ने ६ जनालाई पनि कारबाही गरिएको छ।

सो अवधिमा अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ५६७ जना चालकमाथि कारबाही भएको ट्राफिक प्रहरीले जनाएको छ। समीक्षा अवधिमा एकतर्फी बाटो  ( वान वे )  उल्लङ्घनको घटना भने शून्य रहेको छ।