२०८३ मंसिर ९ , मंगलबार

एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थप

1795509221-y0Kfe

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय  ( कक्षा १० )  ले माध्यमिक शिक्षा परीक्षा  ( एसईई)  को आवेदन फाराम भर्ने तथा भराउने म्याद १५ दिन थप गरेको छ ।

कार्यालयले आज मंगलबार दोस्रोपटक सूचना जारी गर्दै यसअघि कात्तिक ९ गतेको सूचनाअनुसार आज मंगलबारसम्म तोकिएको समयावधि दसैँ, तिहार तथा छठ पर्वको बिदाका कारण अपुग भएको भन्दै विद्यालयहरूबाट म्याद थपको माग आएकाले समय थप गरिएको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार एसईई आवेदन फाराम भर्ने, राजस्व बुझाउनेलगायतका सम्पूर्ण प्रक्रिया पूरा गर्ने अन्तिम म्याद मंसिर २५ गतेसम्म कायम गरिएको छ । म्याद थप भएसँगै आवेदन फाराम भर्न बाँकी रहेका विद्यालय तथा परीक्षार्थीलाई आवश्यक प्रक्रिया पूरा गर्न थप समय उपलब्ध भएको छ ।