
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको सामान्य मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
यस आधारमा मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज सुन प्रतिदश ग्राम २ लाख १२ हजार ५३५ रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ६९६ रुपैयाँ कायम भएको छ ।