२०८३ मंसिर १० , बुधवार

ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

Earthquake vector frequency wave graph, seismic activity

सुनाखरी न्युज/ काठमाडौं ।

ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५ . ६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा उक्त भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा महसुस गरिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्र  ( ईएमएससी )  ले उक्त भूकम्प ५. ३ म्याग्निच्युडको रहेको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।