२०८३ मंसिर १० , बुधवार

झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, जुम्लामा कति?

Kathmandu
facebook sharing button
सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको न्यूनतम तापक्रम बुधबार ७ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्री थियो। मंसिर २ गते ९.५ डिग्री रहेको तापक्रम एक साताको अवधिमा २.५ डिग्रीले घटेको हो।

देशका अन्य स्थानमा पनि चिसो बढिरहेको छ। महाशाखाको तथ्यांकअनुसार बुधबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८ डिग्री सेल्सियस मापन गरिएको छ।

महाशाखाले दैनिक बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रमले राति र बिहानको चिसो अवस्थालाई जनाउँछ।