२०८३ मंसिर ४ , बिहिवार

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्य घट्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० सय रुपैयाँले घटेको हो ।

हिजो बुधबार पनि सुन तोलामा ६ हजार ३०० सय रुपैयाँले घटेको थियो ।

 

आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको महासंघले जनाएको छ । हिजो बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।