२०८३ मंसिर २ , मंगलबार

सुन चाँदीको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज (सोमबार) पनि सुन-चाँदीको भाउ घटेको छ।

सुनको भाउ यसदिन तोलामा एक हजार एक सय रूपैयाँ घटेको हो।

आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि सोमबार  घटेको छ।

 

आइतबार प्रतितोला तीन हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला ८० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।