
सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार ( मंसिर १) सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।