२०८३ मंसिर ३ , बुधवार

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

914831544_1753448182861540_8698526717586827118_n-1140×570

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह  ( बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गरे।प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारी र त्यसक्रममा उठाइने विषयबारे पनि राजदूत दलेलासँग छलफल गरेका थिए। भेटमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्त्वपूर्ण र ऐतिहासिक हुने बताए।

उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा तयारी भइरहेको बताए।