२०८३ कार्तिक २९ , शनिवार

सीपीसीको निम्तोमा रास्वपा सांसदहरू ११ दिने चिन भ्रमणमा जाँदै

raswopa-office

सुनाखरी न्युज/ काठमाडौं ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण जाँदै छन् ।

आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ ।

 

नोभेम्बर १६ मा सिचुवानमा रहेको ‘हाइटेक इन्टरप्राइजेज एण्ड इन्ड्रस्टियल पार्क’ मा भ्रमण गर्ने भएका छन् । त्यसै दिन पार्टी स्कूल अफ सीपीसीका नेताहरूबाट रास्वपा सांसदहरूले विचार आदानप्रदान गर्नेछन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा भ्रमणमा रहेको टोलीमा पार्टीका तर्फबाट विचार उनैले राख्नेछन् ।

नोभेम्बर १७ मा भूकम्पपछिको पुर्न निर्माणबारे वेन्चुआनमा भ्रमण गर्ने भएका छन् । सन् २००८ मा ७।८ म्याग्नीच्युडको भूकम्प यस क्षेत्रमा गएको थियो । उक्त भूकम्पमा परेर ८७ हजार बढीको ज्यान गएको थियो । भ्रमण टोलीले नोभेम्बर १८ मा छेङ्दुमा रहेको अनुन्धानमा आधारित ‘जायन्ट पाण्डा व्रिडिङ’ को अध्ययन भ्रमण गर्नेछ । त्यसैदिन सिचुवान युनिभर्सिटी (विश्वविद्यालय) मा विपद् प्रतिकार्य व्यवस्थापन विषयक अन्तक्रिर्यामा सहभागी हुनेछन् ।