
सुनाखरी न्युज/ काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जान लागेको उक्त टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टी ( सीपीसी ) को औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण ११ दिनको रहनेछ। भ्रमण टोली आगामी मङ्सिर ११ गते ( नोभेम्बर २६ ) स्वदेश फर्कने तालिका छ।
महामन्त्री आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन्।
प्रतिनिधिमण्डलले चीनका शहरको भ्रमण गर्ने भएको छ । बेइजिङ, हाङचोउ, सिचुवान लगायतमा रास्वपा टोलीले भ्रमण गर्ने भएको छ ।