२०८३ कार्तिक १७ , सोमवार

नेपाल आयल निगमद्वारा एलपी ग्यास उद्योगहरू गाभ्ने प्रक्रिया सुरु

aditya gas

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा सञ्चालनमा रहेका विभिन्न एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया औपचारिक रूपमा अघाइएको छ ।

निगमले चालु आर्थिक वर्ष २०८३/ ०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो।

यसै सन्दर्भमा निगमले २०८३ कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।