२०८३ कार्तिक १७ , सोमवार

एनपीएलमा आज दुई खेल हुँदै

cric

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग  ( एनपीएल)  अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज तथा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। दिनको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा कर्णाली याक्सले उत्कृष्ट सुरुवात गरेको छ। खेलेका दुवै खेलमा जित हात पारेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ। यता, काठमाडौं गोर्खाजले भने प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग हार बेहोरेको थियो।

त्यसैगरी, चितवन राइनोजले खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ। चितवनले विराटनगर किंग्सलाई पराजित गरेको थियो भने वर्षाका कारण लुम्बिनी लायन्ससँगको खेल अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका थिए। सुदूरपश्चिम रोयल्सको प्रदर्शन भने मिश्रित रहेको छ। तीन खेल खेलेको सुदूरपश्चिमले एक जित र दुई हार बेहोरेको छ।