२०८३ कार्तिक १७ , सोमवार

गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

IMG_2941-scaled

सुनाखरी न्युज/ काठमाडौं ।

इलाममा अनशनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई सोमबार बिहान काठमाडौँ ल्याइएको हो ।  इलाममा रहेका केसीका सहयोगी पवन थापाले थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाइएको जानकारी दिए । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ ।

टाइप २ मधुमेहका बिरामी रहेका डा.  केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।

विभिन्न माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे इलाम अस्पताल भर्ना गरिएको थियो ।