२०८३ कार्तिक ५ , बुधवार

महँगो बन्दै दसैं

New Noteeee

सुनाखरी न्युज/ काठमाडौं ।

यसपालीको दशैं उपभोक्ताका लागि महँगो बनेको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि सर्वसाधारणको घरखर्च धान्न कठिन भएको छ। मूल्यवृद्धिको मारमा विशेषगरी निश्चित आम्दानी भएका र दैनिक ज्यालादारीमा काम गर्नेहरू परेका छन्।

नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचकांकअनुसार अघिल्लो वर्षको तुलनामा खाद्यवस्तुको मूल्यवृद्धि दर उल्लेख्य रूपमा बढेको छ। घिउ तथा तेल, फलफूल, मासु तथा माछा र तरकारीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

केन्द्रीय बैंकको राष्ट्रिय उपभोक्ता मूल्य सूचकांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष मध्य अगस्टसम्म खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि दर ६.७७ प्रतिशत पुगेको छ। यस अवधिमा घिउ तथा तेलको मूल्य १५.६२ प्रतिशत र फलफूलको मूल्य १५.३९ प्रतिशतले बढेको छ।

त्यस्तै, मासु तथा माछाको मूल्य ८.६५ प्रतिशत र तरकारीको मूल्य ६.९० प्रतिशतले बढेको छ। चिनी तथा चिनीजन्य पदार्थको मूल्यवृद्धि ४.६१ प्रतिशत, मसलाको ४.८० प्रतिशत र खाद्यान्न तथा खाद्यान्नजन्य पदार्थको ३.०८ प्रतिशत छ।

बजारमा दैनिक उपभोगमा आउने खाद्यवस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर भान्साको खर्चमा परेको छ। एक वर्षअघिको तुलनामा अहिले धेरै खाद्यवस्तु किन्न बढी रकम खर्च गर्नुपर्ने अवस्था छ।