
सुनाखरी न्युज/ काठमाडौं ।
दलहरू प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्न सकारात्मक देखिएका छन् । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको चुनावका बारेमा छलफल गर्न प्रतिनिधि सभाका छ दलका प्रमुखलाई शुक्रबार बोलाएको थियो ।
दलहरूको राय लिनका लागि बोलाइएको बैठकमा स्थानीय र प्रदेशको चुनाव एकैपटक गनै सकिने भएपनि त्यसको वातावारण सरकारले बनाउनुपर्ने विपक्ष दलको राय छ ।
एकैपटक गर्दा कानुनी जटिलताको बारेमा दलहरूको ध्यानाकर्षण गराएको थियो । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ पहिलो साता सकिँदै छ भने प्रदेश सभा सदस्यको कार्यकाल मंसिरसम्म छ ।
दुवै तहमा रहेका जनप्रतिनिधिको पदावधि पाँच वर्षको हुन्छ । कानुनी जटिलता फुकाउन वा राष्ट्रिय सहमति कायम गरेर दुवै तहको निर्वाचन एकैपटक गराउन सरकारी पक्षले तदरुकता नदेखाएको बैठकपछि कांग्रेस सभापति गगन थापाले बताए ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नुपर्ने पक्षमा देखिँदै आएको छ ।
निर्वाचन आयोगले बोलाएको बैठकपछि पत्रकारसँग कुरा गर्दै रास्वपा प्रवक्ता जगदीश खरेलले एकैपटक चुनाव गर्दा उपयुक्त हुने विचार बैठकमा व्यक्त भएको जानकारी गराए ।
स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्नुपर्ने पक्षमा रास्वपा देखिँदै आएको छ ।
‘