
सुनाखरी न्युज/ काठमाडौं
विद्युतीय सवारी साधनले समेत डिजेल इन्जिनका सवारीसरह भाडा बढाएपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको छ ।
विभागले मंगलबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । अन्तर्राष्ट्रिय स्तरमा जैविक इन्धनको मूल्यवृद्धि भएकोमा स्वचालित भाडा प्रणाली अनुरुप २५ चैतमा भाडा समायोजन गरिएको थियो ।
यस्तो समायोजनमा विद्युतीय सवारी साधन प्रयोग गर्ने यातायात सेवा प्रदायक समावेश नरहेको विभागले स्पष्ट पारेको छ । तर, विद्युतीय सवारी साधनले बढेको भाडा बराबर नै रकम असुल गरेको गुनासो आएपछि विभागले कारबाहीको चेतावनी दिएको हो ।
यस व्यवस्थाको विपरित काम गरेको पाइएमा कानुन अनुसार कारबाही गर्ने विभागले स्पष्ट पारेको हो ।
