
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३५ हजार छ मत गणना भएको छ ।
१ः १५ बजेसम्म गणना भएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १९ हजार पाँच सय ८२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले छ हजार नौ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ५८, नेकपा९एमाले०ले दुई हजार छ सय ७२ मत प्राप्त गरेको छ । आयोगका अनुसार, श्रम संस्कृति पार्टीले आठ सय ६७, नेपाली कम्युनिस्ट पार्टीले आठ सय ४५, राष्ट्रिय परिवर्तन पार्टीले चार सय ५३ मत प्राप्त गरेको छ ।
रासस