२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको मुल्यमा किन भैरहेको छ निरन्तर वृद्धि ? यस्ता छन् मूल्य बढ्ने प्रमुख कारणहरू

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो समय सुनचाँदीको मुल्य निरनतर बढ्दै आएको छ । शुक्रबार मात्रै सुनचाँदीको मुल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनुचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मुल्य ३ लाख १ हजार चार सय पुगेको छ ।
यस्तै प्रतितोला चाँदीको मुल्य पनि ५ हजार ३ सय ७ पुगेको महासंघले जनाएको छ । पछिल्लो समय सुनचाँदीको मुल्य निरन्तर उकालो लागेको छ ।

किन निरनतर बढीरहेको छ सुनचाँदीको मुल्य ?

यस्ता छन् सुनचाँदीको मुल्य वृद्धिमा परेका अन्तर्राष्ट्रिय बजारको प्रभाव:
अन्तर्राष्ट्रिय मूल्य वृद्धि

हाल सुनको मूल्य प्रतिऔंस ४९५५ डलरको  हाराहारिमा अमेरिकी डलर नाघेको छ, चाँदी प्रतिऔंस ९९ डलरको  हाराहारिमा  पुगेको छ।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोडिएको हुन्छ, त्यसैले विश्व बजारमा बढ्दा नेपालमा पनि मूल्य बढ्छ।

 सुरक्षित लगानीको खोजी
सुन र चाँदीलाई सुरक्षित लगानी मानिन्छ। राजनीतिक अस्थिरता वा आर्थिक संकट हुँदा लगानीकर्ताहरू सुनचाँदीतर्फ आकर्षित हुन्छन्।

हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूरोपेली देशहरूमाथि थप भन्सार कर लगाउने चेतावनी दिएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पको रूपमा सुनचाँदीतर्फ गएका छन्।

मुद्रास्फीति र डलरको कमजोरी
मुद्रास्फीति बढ्दा नगद वा बैंकमा राखिएको रकमको मूल्य घट्छ।

यस्तो अवस्थामा सुन र चाँदीलाई मूल्य सुरक्षित राख्ने माध्यमका रूपमा रोजिन्छ।

डलर कमजोर हुँदा पनि सुनको मूल्य बढ्ने प्रवृत्ति देखिन्छ।

 माग र आपूर्ति असन्तुलन
उच्च माग: लगानीकर्ताहरू मात्र होइन, आभूषण उद्योग र धार्मिक प्रयोजनले पनि सुनचाँदीको माग बढाउँछन्।

सीमित आपूर्ति: खानी उत्पादन स्थिर वा घट्दा मूल्य बढ्छ।