२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाल टेलिकमको आ.व.२०8२/८३ को प्रथम त्रैमासिक वित्तीय विवरण (Unaudited)

nepal-telecome

सुनाखरी न्युज/ काठमाडौं ।

(क) आय :
१. यस आ.व. को प्रथम त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ८ अर्व ६७ करोड ९५ लाख १५ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ८ अर्व ६८ करोड १ लाख ८६ हजारको तुलनामा रु. ६ लाख ७१ हजार (अर्थात् ०.०१ प्रतिशत) ले कमी भएको।
२. यस आ.व. को प्रथम त्रैमासिकसम्म कुल आय रु. ९ अर्व ४७ करोड १० लाख ५१ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कुल आय रु. १० अर्व ६ करोड ३७ लाख 35 हजारको तुलनामा रु. ५९ करोड २६ लाख ८५ हजार (अर्थात् ५.८९ प्रतिशत) ले कमी भएको ।

(ख) मुनाफा
१. यस आ.व. को प्रथम त्रैमासिकसम्म Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. ४ अर्व ७५ करोड ४ लाख ७१ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कर अघिको मुनाफा रु. ५ अर्व ४१ करोड ५९ लाख 77 हजारको तुलनामा रु. ६६ करोड ५५ लाख ६ हजार (अर्थात् १२.२९ प्रतिशत) ले कमी भएको।

२. यस आ.व. को प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा रु. २ अर्व ८८ करोड २१ लाख १६ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कर अघिको मुनाफा रु. ३ अर्व ५५ करोड ३६ लाख ९४ हजारको तुलनामा रु. ६७ करोड १५ लाख ७८ हजार (अर्थात् १८.९० प्रतिशत) ले कमी भएको ।

३. यस आ.व. को प्रथम त्रैमासिकसम्म खुद मुनाफा रु. १ अर्व ३२ करोड ५१ लाख ७५ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको खुद मुनाफा रु. १ अर्व ७३ करोड ९५ लाख ९० हजारको तुलनामा रु. ४१ करोड ४४ लाख १५ हजार (अर्थात् २३.८२ प्रतिशत) ले कमी भएको ।
४. कम्पनीको प्रति शेयर आम्दानी (annualized) रु. २९.४५ रहेको।

(ग) गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफाdf परिवर्तन हुनुsf] प्रमुख कारणहरु निम्नानुसार रहेको:-
• OTT सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व.को प्रथम त्रैमासिकसम्मको तुलनामा करिब रु. १० करोड ९७ लाख ४२ हजार (अर्थात् १७.२९ प्रतिशत) ले कम भएको ।

• बजारमा व्याजदरमा ह्रास आएकोले मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ५० करोडले घट्नुको कारण व्याज आम्दानीमा 49 प्रतिशतले कमी आएको छ ।

• कर्मचारी सुविधा खर्चतर्फ कर्मचारी बीमा खर्च १.९५ करोडले बढेको छ भने कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको Discount Rate ७.५% बाट ७% भएकोले कर्मचारी अवकाश (Retirement) सम्बन्धी खर्च १६.५ करोडले बढेको छ, जसका कारण कुल कर्मचारी खर्चमा ८.८ करोडले वृद्धि भएको छ।

• राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।