
सुनाखरी न्युज/ काठमाडौं ।
इलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई सस्तो बनाउने बताएका छन्।
भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओसँग प्रतिस्पर्धा गर्न अमेरिकी अर्बपति मस्कले यस्तो बताएका भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
भारतको सबभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) ल्याउने तयारीमा रहेको जिओको मातृ कम्पनी रिलायन्स इन्डस्ट्रिजलाई लक्षित गर्दै मस्कले पछिल्ला दिनमा लगातार टिप्पणी गरिरहेका छन्।
जिओको दूरसञ्चार व्यवसाय सञ्चालन गर्ने जिओ प्लेटफर्म्सले आइपिओमार्फत १०६ अर्ब अमेरिकी डलर मूल्यांकन हासिल गर्ने लक्ष्य राखेको छ। यो भारतकै अहिलेसम्मको सबभन्दा ठूलो आइपिओ हुनेछ।
मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै भारतमा स्टारलिंकको मूल्य महँगो भए कसैले नकिन्ने बताएका थिए।
‘