२०८२ फाल्गुन २२ , शुक्रवार

छठका लागि घाटहरु झकिझकाउ

Chhath Preparation

सुनाखरी न्युज/ वीरगन्ज ।
छठका लागि घाटहरु झकिझकाउ छन् ।

छठ पर्वमा मधेश श्रद्धा र आस्थामा चुर्लुम्म डुब्छ ।

 

आकर्षक पन्डाल, फूल र बत्तीको झिलिमिलीसहितको साजसज्जाले घाटको रात्रिकालीन दृश्य आकर्षक र मनमोहक हुन्छ ।

यस वर्ष पनि घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले करिब २५ लाख रुपैयाँ खर्चेर घाट व्यवस्थापन र साजसज्जा गरेको जनाएको छ ।

प्रारम्भिक चरणमा सजाइएको यो घाटको पूर्ण साजसज्जा शनिबार रातिसम्म सम्पन्न हुने समितिका उपाध्यक्ष आत्माराम गुप्ता बताउँछन् ।