२०८२ फाल्गुन २२ , शुक्रवार

पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

1550828017Akhtiyar-CIAA-Nepal1700798197-1733791781

सुनाखरी न्युज/ काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जना विरूद्ध मुद्दा दर्ता गरेको छ।

पूर्व मन्त्री गुप्ता र श्रेष्ठसँग ७८ लाख रूपैयाँ विगो कायम गरिएको छ। व्यक्तिअनुसार फरक फरक विगो कायम गरिएको छ।

दुई पूवमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालिन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायीरविचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन,यमकुमारी गुरूङ,तुल्सीराम बुढामगरविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा गरेको हो।

 

पोखरा महानगरपालिका-१६ मा रहेको दिप विर्ता (लिची बगैचा) मा रहेको भनिएको नक्सा न २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन्।

पूर्वमन्त्री राजकुमार गुप्तासँगको अडिओ सार्वजनिक भएसँगै अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।