२०८२ फाल्गुन २३ , शनिवार

आज अन्तिम साउने सोमबार, देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो

pashupati nath

सुनाखरी न्युज/ काठमाडौं ।

आज साउन महिनाको अन्तिम सोमबार । सोमबारे व्रत लिएर शिवको पूजा गर्दै आएकाहरूले विधिपूर्वक व्रत समापन गर्दैछन् ।

आज देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो लागेको छ । काठमाडौंको पशुपति मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड छ ।

 

भगवान शिवको प्रिय बार मानिने भएकाले  साउनको सोमबार  श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।