
काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई बिहान ११स् १२ बजे १८३ पुगेको छ ।पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ ।
त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।
वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर ९१६९०, धनगढी ९१६७०, रत्नपार्क क्षेत्र ९१६३०, हेटौंडा ९१५९० र खुमल्टार ९१५९० एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।दोस्रो स्थानमा नेपालको काठमाडौं शहर रहँदा तेस्रो स्थामा चीन उहान रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।