२०८३ कार्तिक २० , बिहिवार

आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

mangalbarko-rashifal-1024×576-1

  सुनाखरी न्युज/ काठमाडौं । 

आजको राशिफल

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  चाडबाड लक्षित सामानको व्यापारबाट फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । औद्योगिक क्षेत्र तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ ।
बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार, शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ ।

मिथुन  ( का,की,कू,घ,ङ,छ,के,को,हा ) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

कर्कट  ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । व्यापार र औद्योगिक क्षेत्रमा राम्रै फड्को मार्न सकिने समय रहेको छ ।

सिंह( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )  समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

तुला  ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )  स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )  राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी बढाइँ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु  ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )  प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )  सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा)  प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । चाडबाड लक्षित सामानको व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिनुहुँदा दैनिकी सहज रूपमा बित्नेछ ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी फाइदा गर्न सकिनेछ ।