२०८३ कार्तिक २० , बिहिवार

धन्तेरसका लागि सिक्का किन्नेहरूको लाइन (तस्बिरहरु)

953844708news_ny1b3rqc1lm

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्दैछ । बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको हो । त्यसमा गणेश, लक्ष्मी, गजलक्ष्मी र गाईको तस्बिरअंकित सिक्का रहेको टक्सार महाशाखाले जनाएको छ ।

राष्ट्र बैंकले पनि तिहारअघि ठूलो मात्रामा सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ।यस वर्ष पनि केन्द्रीय बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ। अहिले विभागको कार्यलयमा सुनचाँदी खरिदको लागि लामो लाइन लाग्ने गरेको छ।