२०८१ बैशाख २० , बिहिवार

टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु

Capture

सुनाखरी न्युज/काठमाडौं ।

नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरुका लागिNtTV A’la Carte शुल्क प्रणाली लागु गरेको जनाएको हो ।

सो अनुरुप ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार Bouquet Package थप गरी Package हरु खरिद गर्न सकिने व्यबस्था रहेको छ । Basic Package लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका Bouquet प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

शुरुको ३ महिनाभित्र सम्पूर्ण Premium Package सहितको वार्षिक प्याकेज Subscription गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा Premium प्याकेजहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको Tariff  निम्न अनुसार रहेको छ:

ग्राहकले Basic तथा Premium Package खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा Visit गर्नुपर्नेछ भने Basic Package लिएका ग्राहकहरुले थप Bouquet Package खरिद गर्नका लागि TV को Menu मा गएर आफैं खरिद गर्न सक्नेछन् ।