२०८१ बैशाख १६ , आइतवार

टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

tiktok

सुनाखरी न्युज/ काठमाडौं ।

टिकटक चलिरहेको भन्दै  नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

 

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँछ छ ।

पछिल्लो पटक टिकटकले केही प्रतिबद्धतासहित पत्र पठाए पनि टिकटक चलाउनेबारे सरकारले केही निर्णय गरेको छैन ।