२०८१ बैशाख १६ , आइतवार

दूरसञ्चार प्राधिकरणको अध्यक्षम भूपेन्द्र भण्डारी, के हुन उनी ?

nta-dursanchar-pradhikaran-nepal-telecommunication-authority-3

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद बैठकले भूपेन्द्र भण्डारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ । भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार  हुन ।

चार्टर्ड एकाउन्टेन्ट भण्डारीले विदेशमा समेत बसेर टेलिकम कम्पनीमा काम गरेका थिए ।

पछिल्लो आधा दशक नेपालमा ‘नेपाल पे’ कम्पनी चलाएर असफल भएका दाङका बासिन्दा भण्डारीलाई दाङबाटै निर्वाचित सञ्चारमन्त्री शर्माले सल्लाहकारमा राखेकी थिइन् ।