२०८१ बैशाख १६ , आइतवार

नेपाल टेलिकमको.२०८०/८१ को दोस्रो त्रैमासिकको वित्तीय विवरण को सारांश

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

(क) आय :
१. चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल आय रु. २१ अर्व ३० करोड ९३ लाख ७९ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कूलआय रु. २२ अर्व १० करोड ११ लाख ३७ हजारको तुलनामा रु. ७९ करोड १७लाख ५७हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी भएको ।
२. चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल सञ्चालन आय रु. १७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेको। उक्त रकमगत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालनआय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामारु ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी भएको ।

(ख) मुनाफा
१. चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको खुदमुनाफा रु. ३ अर्व ९३ करोड १४ लाख ३ हजार रहेको। उक्त रकमगत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को खुदमुनाफा रु. ४ अर्व २५ करोड ४७ लाख ७६ हजारको तुलनामा रु. ३२ करोड ३३ लाख७३ हजार (अर्थात ७.६० प्रतिशत) ले कमीभएको ।
२. कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४३.६८ रहेको।

(ग) गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुदमुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेकोः–
OTT सेवाको बढ्दो प्रयोगकाकारण अन्तरआवद्धता आयमागतआ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको ।
मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथामर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेको।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवाविस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर       लागिरहेको र लागत समेत बढिरहेको ।
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ३४ करोड ७ लाखले कमी भएको ।