२०८१ बैशाख २४ , सोमवार

डिजिटल मार्केटिङ सेवाउपलब्ध गराउने सम्बन्धमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
डिजिटल मार्केटिङ सेवाउपलब्ध गराउने सम्बन्धमा यसै साथ संलग्न प्रेस विज्ञप्ति प्रकाशनर प्रसारण गरिदिनु हुन अनुरोध छ ।नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको छ ।

नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पु¥याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पु¥याउनकालागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ । दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्नप्रकारका समाजिक सञ्जाल र अन्य अनलाइ नमाध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ ।

बिहीबार (२०८० पुस १९ गते) यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवावारेमा अझ धेरै सेवाग्राही समक्ष जानकारी प्रदानगर्न र थप गुणस्तरीय सेवा पु¥याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षमहुने अपेक्षा गरिएको छ ।

यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्म मार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने छ ।