२०८१ जेठ ६ , आइतवार

एनसेल वुमनआइकन आइसिटी अवार्ड २०२३’ बाटसुनैना घिमिरे पाण्डे सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सुनैना घिमिरे पाण्डे ‘एनसेलवुमनआइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित भएकी छन् । द सोल्टी काठमाडौंमा शुक्रबार आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई यो अवार्ड प्रदानगरिएको हो ।

सूचनाप्रविधिको क्षेत्रमा२५ वर्षभन्दालामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन् ।उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् र क्यानमहासंघको महासचिव र सचिवको पदमा रहेर पनि काम गरिसकेकी छन्।एनसेलका प्रमुखकार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले संयुक्त रुपमा पाण्डेलाई ‘एनसेल वुमनआइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए ।

महिलाहरूलाई सूचनाप्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमापु र्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ । यो पुरस्कारको राशीनगद ३ लाख रहेको छ ।

एनसेलका प्रमुखकार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “समाजको भविष्य निर्माणमा सूचनाप्रविधिको ठूलो महत्वछ। अरुका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्याएका उहाँजस्ता महिलाहरुको सम्मान गर्न पाएकोमा हामी हर्षित छौं ।”“एनसेलवुमन आइकन आइसिटी अवार्डद्वारा मेरो समर्पण, कडा परिश्रम र सूचनाप्रविधिको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने ईच्छाको विशेष सम्मान गर्नु भएकोमा म एनसेल र आइसिटी अवार्ड प्रतिकृतज्ञ छु ।यो अवार्ड मेरो कामको मात्र सम्मान नभई प्रविधिको परिवर्तनकारी क्षमतामा विश्वास गर्नेहरूको जोश, समर्पण र सामूहिक कार्यको कदर हो,” पाण्डेले भनिन् ।

 

यो वर्ष वुमनआइकन आइसिटी अवार्ड विधामा कुल ३४ जनामनोनयनमा परेका थिए । यी मनोनयनहरुबाट सूचनाप्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चातलागि ७ जना महिलाहरु छनोटमा परेका थिए रउनीहरु मध्येबाट निर्णायक मण्डलले पाण्डेलाई विजयी छानेका थिए । सूचनाप्रविधिमा महिलाको संलग्नताले सामाजिक र आर्थिक समावेशीकरणलाई बढावा दिन्छ र प्राविधिक विकासका फाइदाहरू बढी समानुपातिक रूपमावितरण भएको सुनिश्चित गर्दछ।

प्रत्येकवर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदानगर्दै आएको छ । ‘एनसेलवुमनआइकन आइसिटी अवार्ड’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

एनसेलको बारेमा
एनसेल नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापनाभई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदान गरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ ।