२०८१ बैशाख २३ , आइतवार

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट चलाउदा यस्ता छन् फाइदा

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमाफाइबर टु द होम (एफटीटीएच) सेवाउपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममाबिक्री–वितरण गरिरहेको छ ।

अत्याधुनिकप्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ । विभिन्न फरक विशेषता र महशुल दर पनिकमभएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको छ ।

एउटैमातीनप्लस १ सेवा
फाइबर टु द होम (एफटीटीएच) सेवाको हालउपलब्धअफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधालिन सकिन्छ । यसबाट एकैपटकमा उच्चगतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजनचलाउन, टेलिफोन सेवाप्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधाचलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्रीप्लस वान९घ एगिक ज्ञ०अर्थात ‘अब एउटैमातीनप्लस १’ सेवानामकरण गरेको छ ।

अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधा
एफटीटीएच सुविधाउपलब्ध गराउनकालागिआवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिनमुनि हुन्छ । त्यसपछिग्राहकको घरसम्मफाइबर पु¥याउनकालागिमात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमाथप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षतिहुने सम्भावनाकम रहन्छ । भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधाउपलब्ध गराउने नेपाल टेलिकममुलुकको एक मात्र कम्पनी हो ।

ड्युअलब्यान्ड सीपीईमार्फत सेवा
पछिल्लो अवस्थामाकम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर) मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको छ । पहिले वाइफार्ईको बढ्दो प्रयोगकाकारण 2.4 GHZ को  फ्रिक्वेन्सी (Frequency) मानिकै धेरै सिग्नलहरु (Signals ) रहने हुनाले 2.4 GHZ मा धेरै अवरोध (Interference) को कारण वाइफार्ई भरपर्दो नहुने र सोको तुलनामाछ 5 GHZ को  फ्रिक्वेन्सीमा वाइफार्ई भरपर्दो र गुणस्तरयुक्तहुने गरेको छ । ड्युअल ब्यान्डमार्फत सेवाउपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चितहुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ । यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ ।

तोकिएकै गतिमा इन्टरनेट सुविधा
नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवाउपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गतिअनुसारकै गुणस्तरीय सुविधाउपभोग गर्न पाउँछन् । कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमाजहिले पनि यस अनुसारको गतिको सुविधाउपयोग गर्न सकिन्छ ।
एक्सजीपोन ९ह्न्एइल्०प्रविधिमाआधारित उच्चगतिको इन्टरनेट सेवा
नेपाल टेलिकमले हाल १ जीबीपीएस (१००० एमबीपीएस) सम्मउच्चगतिको एक्सजीपोन ९ह्न्एइल्० प्रविधिमाआधारित एफटीटीएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमाउलपब्ध छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस रहेको छ । हालकालागि काठमाडौंउपत्यकामाउपलब्ध गराइएको यो सेवाव्यावसायिक संस्थाहरुकालागिलाभदायक छ ।

जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१
आफूलाई आवश्यक परेको स्थानमा एफटीटीएच सेवाको उपलब्धताका सम्बन्धमानिःशुल्कनम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १) डायल गरी ग्राहक सेवा केन्द्रकाप्रतिनिधिमार्फत आवश्यकजानकारी प्राप्तगर्न एवं सेवाको मागदर्ता गर्न सकिने व्यवस्था छ । यो सेवाको प्रयोग गरी एफटीटीएच सेवाप्राप्तगर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानकाबारेमापहिले नै मागदर्ता गर्न सकिने व्यवस्थापनिगरिएको छ । त्यसैगरी एफटीटीएच सेवाले राम्ररी कामनगरेमावालाइनबिग्रिएको अवस्थामामर्मतकालागिआवश्यकसिकायत (Complain) दर्ता गराउनपनि सकिन्छ ।

विभिन्न सुविधाकालागि नेपाल टेलिकमएप
नेपाल टेलिकम एपबाट अन्यविभिन्न सेवाका साथै एफटीटीएचको बारेमापनिविभिन्नजानकारी लिन सकिन्छ । यसकालागिग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यस पश्चात कस्टमर नम्बर राखेर विभिन्न सुविधाउपयोग गर्न सकिन्छ । घरमा एफटीटीएच चलेको वानचलेको वासिग्नलको अवस्थामोबाइलमाभएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथाचलाउनबाँकीप्याकेजको अवस्थाकाबारेमापनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनिथाहा हुन्छ । यसमाभएको सेटिङ प्रयोग गरी वाइफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।

निःशुल्क ल्यान्डलाइन फोन
कम्पनीले एफटीटीएच सेवामाग्राहकको आवश्यकता बमोजिमका विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेट सहित १ लाइननिःशुल्क टेलिफोन सुविधा समेत उपलब्ध हुन्छ । यस अतर्गत प्राप्तहुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ ।

७ देखि ७ सम्मको मर्मत सुविधा
हालएफटीटीएच मर्मतकालागिबिहान७ बजेदेखि बेलुकी७ बजेसम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयहरुमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यकाबाहिर पनि यस प्रकारको सेवाविस्तार भइरहेको छ । कथंकदाचित् एफटीटीएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ । सेवामा गडबडी आएको गुनासो लगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभहासिलगर्न सक्नु हुनेछ ।