२०८१ जेठ ५ , शनिवार

एमडीएमएसमा दर्ता नभएका हजारौं फोन ब्लक गर्दै प्राधिकरण, यस्तो छ तयारी !

MDMS

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन एक अर्को प्रयास थालेको छ । केही दिनअघि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ ।

 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दर्ता नभएका आइफोन १५ दर्ता गर्नका लागि आह्वान भइहेको र दर्ता नभएमा ती फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने तयारी भइरहेको बताए ।

 

“यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने,” प्राधिकरणले सूचनामा भनेको छ । एमडीएमएसमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु गैरकानुनी तरिकाले भित्रिएको हुने प्राधिकरणको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडीएमएसमा दर्ता नभएरै चलिरहेको बताएको छ । पछिल्ला आइफोन र अरु एन्ड्रोइड फोनहरुमा दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने तयारी गरिरहेको प्राधिकरणले बताएको हो ।

 

प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले करिब दुई हजार आइफोन १५ एमडीएमएसमा दर्ता नभएरै सञ्चालनमा रहेको बताएका छन् । पटकपटक दर्ता गर्नका लागि आह्वान गर्दा समेत दर्ता नभइरहेको र अब दूरसञ्चार सेवा अवरुद्ध गर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ ।

एमडीएमएस कार्यान्वयनमा ल्याइँदै, दर्ता नभएका मोबाइल १५ दिनमा ‘ब्लक’ हुने

भन्सार पास भएर आउने सबै फोनहरुको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउनेले ल्याएका फोनहरु दर्ता गर्नका लागि पनि सरकारले व्यवस्था गरिदिएको छ । यीबाहेक कालोबजारीबाट भित्रिने फोनहरुको आईएमईआई नम्बर मात्रै एमडीएमएसमा दर्ता नहुने भन्दै प्रतिबन्ध लगाउनुपर्ने व्यापारीहरुको माग छ ।

प्राधिकरणले बढीजसो एलिटवर्गका मानिसले चलाइरहेका पछिल्ला आइफोन नै दर्ता नभएको भन्दै पहिलो चरणमा परीक्षणका रुपमा ब्लक ९दूरसञ्चार सेवा अवरुद्ध० गर्ने तयारी भइरहेको बताएको छ । केही दिनमै दर्ता नभएका आइफोन १५ ब्लक हुने र त्यसपछि अन्य नयाँ फोनहरु पनि ब्लक गर्ने प्राधिकरणको भनाइ छ ।

यसअघि, नै पनि एमडीएमएसमा दर्ता नभएका करिब ५० लाख फोनहरु सञ्चालनमा रहेका छन् । तीमध्ये केही हजार फोन मात्रै पैसा तिरेर एमडीएमएसमा दर्ता भएका छन् । ती फोनहरु ब्लक गर्ने विषय पनि अन्योलपूर्ण छ ।

आफ्नो फोन एमडीएमएसमा दर्ता भए नभएको हेर्न र दर्ता गर्न यहाँबाट सकिन्छ ।