२०८१ बैशाख १६ , आइतवार

राससका सेवा निवृत्त उप–व्यवस्थापक बज्राचार्यको बिदाइ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) मा ४१ वर्ष सेवा गरी यही भदौ २५ गतेदेखि अवकाश प्राप्त उप–व्यवस्थापक (छैटौ तह) का न्हुच्छेराज बज्राचार्यको आज रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरिएको छ । रासस केन्द्रीय कार्यालयको नेपाली समाचार सम्पादन कक्षमा कार्यरत उहाँ उमेर हदका कारण सेवा निवृत्त हुनुभएको हो ।

विसं २०३९ साउन ५ गते रासस सेवामा प्रवेश गर्नुभएका बज्राचार्यलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराईलगायतले सम्मानसहित बिदाइ गर्नुभयो । भक्तपुरको मध्युपुरथिमी नगरपालिका–४, मरुटोल निवासी बज्राचार्यलाई नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस केन्द्रीय समिति, रासस कर्मचारी सङ्घ र रासस कर्मचारी युनियनका तर्फबाट संयुक्त रुपमा ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।

सो अवसरमा अध्यक्ष झाले कामप्रति निष्ठावान र इमानदार बज्राचार्यको अवकाशप्राप्त जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । सेवा निवृत्त बज्राचार्यले राससजस्तो संस्थामा काम गर्ने अवसर पाएकामा गर्व गर्दै सीमित स्रोत र साधनका बीच राष्ट्रसेवामा समर्पित भइएको बताउनुभयो ।
रासस