२०८१ बैशाख २७ , बिहिवार

गोसाइँकुण्डमा टेलिफोन सेवा पुनःसञ्चालन

ntc
सुनाखरी न्युज/ काठमाडौं ।  रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु जि प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो ।
समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पु¥याउन टेलिकमलाई असहज भइराखेको अवस्थामा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले उहाँको निजी खर्चबाट एक टनभन्दा बढी परिमाणको ती उपकरण ढुवानी गरी जनहितमा सहयोग गर्नुभएको हो । अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ ।
गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताइएको छ । सांसद आचार्यमार्फत गोसाइँकुण्डमा सामान ढुवानी हुँदासाथ आठ प्राविधिकले जडान गरेको र मेला अवधिका लागि भने जेनेरेटरबाट ब्याट्री चार्ज हुने जनाइएको छ । यही भदौ १० गते अपराह्नदेखि जडान सम्पन्न उपकरणले निर्बाध सेवा दिन थालेको प्राविधिकले जनाएका छन् ।  रासस