२०८१ बैशाख २७ , बिहिवार

एनसेलको फोरजी जुम्ला पुग्यो

ncell

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवाविस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ ।

 

एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिलागाउँपालिका र तातोपानीगाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ । मोबाइलब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँच बाट जिल्ला सदरमुकामखलङ्गालगायतका स्थानीयहरू पहिले नै लाभान्वित भइरहेका छन् । यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवाउपलब्ध गराउँदै आएको थियो । एनसेलले चन्दननाथनगरपालि, तिलागाउँपालिका र तातोपानीगाउँपालिकामाफोरजीविस्तार गरेपछि फोरजी सेवाको पहुँचअर्थात कभरेज पनिकुल जनसंख्याको ९१.३९ प्रतिशतपुगेको छ । गतआर्थिक वर्षमा देशैभरस्थापनागरिएकानयाँ टावरहरुले फोरजी सेवामापहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्याएको छ ।

एनसेलका प्रमुखकार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले भने, “हाम्रो ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरूसँग उपभोक्ताहरूलाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जालनिर्माणमा केन्द्रित छ।सरकारको डिजिटल नेपालभिजनमापनि योगदानगर्दै विकटजिल्लाजुम्लाकाजनताकालागिफोरजी सेवाउपलब्ध गराउनपाएकोमाहामीखुसी छौं। हामीले फोरजीलाई उच्चप्राथमिकतामा राखेका छौं किनभने यो प्रविधिले गुणस्तरीयभ्वाइसका साथै उच्चगतिको मोबाइलब्रोडब्यान्ड दुवै सेवाउपलब्ध गराउँछ ।”

 

आधुनिकप्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहकअनुभवप्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिमग्राहकहरूलाई उच्चगतिको मोबाइलब्रोडब्यान्डमा पहुँचसुनिश्चितगर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजीसेवासुरु गरेको थियो ।गतआर्थिक वर्ष २०७९÷८०मामात्रै एनसेलले देशकाविभिन्नभागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमाफोरजीक्षमताको स्तरोन्नति गरेको छ ।

 

फोरजीप्रविधिअन्र्तगतफ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवाउपलब्धहुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्राएप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतकाकामहरु गर्न सक्छन् । ग्राहकहरुलाई फोरजीअन्तर्गत उच्चगतिको मोबाइलब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामापहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमताअभिवृद्धिले मोबाइलब्रोडब्यान्ड सेवामापहुँच बढाएर सरकारको डिजिटल नेपालफ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ ।

 

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायककम्पनीहो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ । एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिकजिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रपबर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवाप्रदानगर्दै आएको छ । रासस