२०८१ बैशाख १५ , शनिवार

पहिलो पटक लाइभमा बस्दै कांग्रेस केन्द्रीय समिति बैठक

Nepali Congress

सुनाखरी न्युज / काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठक सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिएको छ ।

 

बैठकमा महामन्त्री गगन थापाले पार्टीको एजेण्डा सुनाइरहेका छन । केही समय पहिले देउवाविरुद्ध निकै आक्रोशित हुने शेखर कोइराला समूह भने पछिल्लो समय केही संयमित देखिएको छ । संस्थापन पक्षले भने प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र चुनावमा पहिलो दल बनाएको लगायत विषय उठाउँदै छ ।

 

कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । गएको मङ्सिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन ।