२०८१ बैशाख १६ , आइतवार

आइएमई पे, खल्ती तथा प्रभु पे पनि नेपाल पे क्यूआरमा आवद्ध

सुनाखरी न्युज/ काठमाडौं । नेपाल पे क्यूआर मा नेपालका अग्रणी डिजिटल वालेट आईएमई पे, खल्ती तथा एचबदजगएब्थ् आवद्ध भएसंगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्यूआर को मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन्।

 

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपे का अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडिया सञ्चारकर्मीहरुको उपस्थितिमा आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको कम्पनीले जनाएको छ।

 

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआर मा क्ष्ककगष्लन ब्उउ, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।

 

नेपाल पे क्यूआर मा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्यूआर मर्चेन्ट इनरोलमेन्टसेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन्। आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन्।

नेपाल पे क्यूआर को नेटवर्कमा ३ लाख ५० हजार क्यूआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्यूआर संगको अन्तरआवद्धता पश्चात अब ६ लाख भन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ। मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पीओएस डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल क्यूआर वा डाइनामिक क्यूआर को रुपमा उक्त नेपाल पे क्यूआर उपलब्ध रहेका छन्।