२०८१ बैशाख २२ , शनिवार

मुलुकभर टेलिकमको एफटीटीएच सेवा विस्तार तीव्र, सेवा माग दर्ता १९८ मार्फत गर्न सकिने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र रुपमा गरिरहेको छ। यसका बाबजुद अझै पनि ग्राहकको मागबमोजिम केही स्थानमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको छ।

 

सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ।

 

भोलि असार ११ गतेदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिनेछ। ती स्थानमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ।

 

नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ।