शिशिर पौडेल/ पोखरा । नयाँ शक्तिको रूपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहसम्म संगठन विस्तारलाई तीव्रता दिएको छ।
यसैक्रममा पोखरा महानगरपालिका वडा नं १६ मा पनि केशव बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन भएको छ। कमिटीको उपसभापतिमा शिला नेपाली, सचिवमा विश्वबन्धु थापा र सदस्यहरुमा प्रेम बहादुर मल्ल, विना केसी, हरिकला केसी, सरिता अधिकारी सरू, मनकला नेपाली, केशव आचार्य, एकराज नेपाली र सुर्य बहादुर थापा चयन हुनुभएको छ।
त्यस्तै भेलाले गोविन्दराज अधिकारी, हस्तराम आचार्य, जीवन बहादुर बस्नेत, प्रकाश थापा, शिव प्रसाद पराजुली र कृष्ण बहादुर परियारलाई सल्लाहकार तथा रमेश रेग्मी, छमाया घर्ती पाइजा र हरिनारायण श्रेष्ठलाई र्याट सदस्य चयन गरेको छ।
नवनिर्वाचित सभापति बस्नेतले पार्टीको सिद्धान्त र निति अनुसार आफु अगाडि वढ्ने र समाजका विकृति, विसङ्गतिप्रति आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पुराना दलहरुले जन चाहना अनुरुप काम नगरेकै कारण देश अहिले जटिल मोडमा पुगेको बताउँदै, स्वतन्त्र पार्टीले मात्र समृद्ध राष्ट्र बनाउन सक्ने बताउनुभयो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी युवाहरु स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।