सुनाखरी न्युज / काठमाडौं – आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको हो ।वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ।
सडक पनि थप बिग्रिदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ सूचनामा भनिएको छ।
सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको गुनासो बढेको पाइन्छ।
यदि सडक डिभिजन कार्यालयले स्वीकृति नदिंदा पनि सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने अनुगमन कार्यालयले चेतावनीसमेत दिएको छ ।