२०८३ श्रावण १९ , मंगलबार

पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक अवरुद्ध

सुनाखरी न्युज  / काठमाडौं  – गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् ।बुधबार रातिको वर्षापछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका हुन्।राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्गतको ललितपुरको भट्टे डाँडामा पहिरो खस्दा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।

 

पहिरोका कारण केही सवारी साधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।

 

उनका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने उनले बताए । हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि वैकल्पिक सडकको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।