२०८१ बैशाख १५ , शनिवार

अमेरिकाको कम्पनीले प्रयोगशालामा कृत्रिम कुखुराको मासु उत्पादन गर्दै

सुनाखरी न्युज  / काठमाडौं  – अमेरिकाको स्यान फ्रान्सिस्कोस्थितनामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ।अमेरिकाको क्यालिफोर्नियामा रहेको इट जस्ट नामक कम्पनीले प्रयोगशालामा यस्तो कुखुराको कृत्रिम मासु उत्पादन गर्दै आएको छ । प्रयोगशालामा कुखुराको मासु उत्पादन गर्ने कार्य नैतिक मात्र नभएर वातावरणमैत्री रहेको र यसको स्वादमा पनि कुनै सम्झौता नगरिएको कम्पनीको भनाइ छ ।   कुखुरामा फार्ममा पालिएको कुखुराबाट उत्पादन भएको भने होइन । यो एउटा प्रयोगशालामा तयार पारिएको हो ।

 

प्रयोगशालामा मासु उत्पादन गर्ने कम्पनी इट जस्टका प्रमुख कार्यकारी अधिकृतका अनुसार यस्तो उत्पादित मासु पनि वास्तविक मासु नै हो तर यसका लागि कुनै जनावरको काटमार गर्नु पर्दैन । यस्तोखाले खानपान भविष्यका लागि निकै लाभदायी हुन्छ । यो तयार पार्नका लागि जनावरको शरीरबाट कोशिका निकालिन्छ र त्यसलाई प्रयोगशालामा प्रोटिन, चिनी तथा चिल्लो पदार्थ लगायतका पोषक तत्वहरु दिएर वृद्धिविकास गराइन्छ ।

 

सन् २०१३ मै लण्डनमा विश्वमै पहिलोपटक प्रयोगशालामा चिकेन बर्गर तयार पारिएको थियो । उक्त बर्गर तयार पार्न ३ लाख ३० हजार डलर लागेको थियो । त्यसयता विश्वका दर्जनौँ कम्पनीहरु सुपथ मूल्यमा प्रयोगशालामा उत्पादित मासु उपलब्ध गराउने दौडमा सामेल भैसकेका छन् ।

अमेरिकी कम्पनी इट जस्टले उत्पादन गरेको मासुलाई सिंगापुर सरकारले बिक्रीका लागि सन् २०२० को डिसेम्बरमा अनुमति दिएको थियो । सिंगापुर प्रयोगशालामा तयार पारिएको मासुलाई आमरुपमा बिक्रीका लागि अनुमति दिने विश्वकै पहिलो मुलुक हो ।
यद्यपि प्रयोगशाला निर्मित कुखुराको मासु बजारमा दुर्लभ नै छ । एउटा प्राइभेट सदस्य क्लबमा सन् २०२१ मा यस्तै कुखुराको मासुको चिकेन नगेट उपलब्ध गराइएको थियो । तर त्यो धेरै समय टिकेन ।  हप्ताको एकपटक प्रयोगशाला निर्मित चिकेन पास्ता तथा चिकेन स्याण्डविच परिकार उपलब्ध गराउन सुरु गरेको छ । यद्यपि यसका लागि पनि सीमित कोटा तोकिएको छ ।

 

सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने सफा मासुु उपभोगका निम्ति स्वीकृति दिएको छ । विश्वकै एकमात्र यस्तो रेष्टुरेन्ट हो जहाँ प्राकृतिक रुपमा उत्पादित होइन कि प्रयोगशालामा उत्पादन गरिएको कुखुराको मासुका परिकार खान पाइन्छ ।–बीबीसीबाट