२०८१ बैशाख १५ , शनिवार

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको पनि मृत्यु

pig-heart-transplant-lawrence-faucette

सुनाखरी न्युज/ बाल्टीमोर ।

 

सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । जिन हेरफेरपछि मुटु प्रत्यारोपण गरेको ६ हप्तामा ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो ।

हर्ट फेलियर भएपछि उनलाई सेप्टेम्बर १४ मा फसेट अस्पतालमा भर्ना गरिएको थियो । मुटुको पुरानो रोगका कारण उनमा परम्परागत रुपमा मानव मुटु हाल्न नमिल्ने भएको थियो । यस्तोमा उनीसामु जेनोट्रान्सप्लान्ट अर्थात् सुँगुरको मुटु हाल्नुको विकल्प थिएन । सुरुमा उनमा राम्रो प्रगति देखियो । एक महिनासम्मको प्रगति हेरेर मुटुको कार्य सञ्चालनलाई टेवा दिने औषधि पनि बन्द गरियो ।

तर पछि ‘अर्गन रिजेक्शन’ देखिन थाल्यो । अमेरिकामा मात्रै हरेक दिन अंग दाता नपाएर १७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । मानव अंगको विकल्प खोज्दै वैज्ञानिकहरूले सुँगुर लगायत जनावरहरूको जिनमा संशोधन गरेर यसलाई मानवमा प्रत्यारोपण गर्ने प्रयास गरिरहेका छन् । यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो । सुरुमा केही समस्या नदेखिएपनि मुटु प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो ।
एजेन्सी