२०८१ बैशाख १५ , शनिवार

एउटा नगरपालिकामा जम्मा एक महिला !

France_Single

सुनाखरी न्युज/ काठमाडौं ।

फ्रान्सको एउटा सानो गाउँ चर्चामा छ । फ्रान्सको रोचफरच्याट नामक गाउँ वास्तवमा एउटा नगरपालिका नै हो । फ्रान्समा रहेका ३५ हजार ८३ नगरमध्ये यो सबैभन्दा सानो नगर हो । यसलाई मिडिल अफ नो ह्वेयर पनि भनिन्छ ।

यो गाउँमा सबैभन्दा अनौठो भनेको यहाँको जनसंख्या हो । गाउँमा केवल एकजना महिलामात्रै बस्छिन् जसको नाम हो जोसेट । पूरै गाउँमा एक्लै बस्दै आएकी ६५ वर्षकी जोसेटको हिम्मतलाई मान्नै पर्दछ । किनकि उनका अलावा उक्त गाउँमा केवल ब्वाँसोहरु मात्रै छन् । यद्यपि उनीसँग उनको कुकुर पनि सँगै बस्दछ ।

 

द सनका अनुसार रोशफोरच्याट फ्रान्सको सबैभन्दा सानो नगरपालिका हो । गाउँमा एउटा क्यासल, एउटा पूरानो चर्च, एउटा चिहानक्षेत्र र एउटा टेलिफोन बुथ रहेको छ । यसका अलावा गाउँमा ३ वटा भवन छन् जसलाई जोसेटले नै कब्जा गरेकी छिन् ।

उनी सन् २००५ देखि त्यहाँ बस्दै आएकी छिन् । वास्तवमा उनी महिनामा १५ दिन उक्त गाउँमा बस्छिन् भने बाँकी १५ दिन नजिकैको अर्को गाउँमा जान्छिन् जहाँ धेरै मानिस बस्छन् । आफ्ना खानपिन तथा अन्य आवश्यकताका सामान लिनका लागि उनी आफ्नो घरभन्दा ६किलोमिटर टाढाको अर्को गाउँमा पुग्छिन् ।

आफुलाई आरामभन्दा शान्ति धेरै मन पर्ने भएकाले गाउँमा एक्लै बस्ने गरेको उनी बताउँछिन् ।

 

फ्रेन्च मिडियाका अनुसार निकट भविष्यमै यो गाउँको जनसंख्या तेब्बर हुनेवाला छ । किनकि त्यहाँ थप २ जना मानिसहरु बसाइँ सर्ने योजनामा छन् । एजेन्सीको सहयोगमा